नयाँ वर्षमा बससेवाको अफरै अफरः ८२ वटा फ्री टिकटदेखि बम्परमा ८२ हजार नगदसम्म

काठमाडौँ । सार्वजनिक बसको नेपालको एक मात्र अनलाइन टिकेटिङ प्लेटफर्म बससेवाले नयाँ वर्ष अफर सार्वजनिक गरेको छ । नयाँ वर्ष २०८२ सालको अवसरमा विभिन्न अफर ल्याइएको कम्पनीले जनाएको छ ।
बससेवाको नयाँ वर्ष अफर आज (२४ चैत) देखि ६ वैशाखसम्म लागू हुनेछ । यस अवधिमा बससेवामार्फत बसको टिकट काट्ने यात्रुहरू यस योजनामा सहभागी हुन सक्नेछन् । अफरको बम्पर उपहारस्वरूप एक जना भाग्यशाली विजेताले ८२ हजार रुपैयाँ नगद उपहार पाउनेछन् ।
यसैगरी, ४ जना विजेताले ८ हजार २०० रुपैयाँ नगद जित्न सक्ने बससेवाले जनाएको छ । यस्तै, अफर अवधिभरमा टिकट काट्नेमध्ये ८२ जनाले निःशुल्क टिकट प्राप्त गर्नेछन् भने हरेक टिकट बुकिङमा ५०० रुपैयाँसम्मको क्यासब्याक अफर राखिएको छ । अर्थात, हरेक टिकट काट्दा अधिकतम ५०० रुपैयाँसम्म नगद तत्कालै यात्रुको वालेटमा फिर्ता आउनेछ ।
नगद उपहार र निःशुल्क टिकट योजनामा एउटा एकाउन्टबाट काटिएको एउटा टिकट मात्र समावेश हुनेछ । यस अफरमा सहभागी हुन बससेवाको मोबाइल एप अथवा वेबसाइटमार्फत टिकट काट्नुपर्ने कम्पनीले जनाएको छ ।
कसरी काट्ने टिकट ?
मोबाइल एप ‘बससेवा’मा लगइन गरेपछि यात्रुले आफ्नो गन्तव्य, यात्रा मिति र समय छनोट गरी विभिन्न गन्तव्यका बसको सिट बुक गर्न सक्छन् । अथवा, वेबपोर्टलमार्फत कुनै ब्राउजरमा बससेवा डटकम ९दगककभधब।अयm० बाट पनि टिकट काट्न सकिन्छ ।
निलो रङ लागेको सिट खाली भएको संकेत हुनाले त्यसमध्ये आफूलाई पायक पर्ने सिट छानेर अनलाइन माध्यमबाट भुक्तानी गरेपछि टिकट बुक हुन्छ । बससेवाले एसएमएसबाट पनि टिकट सुनिश्चित भएको जानकारी गराउँछ । त्यसपछि प्राप्त हुने टिकट सुरक्षित राखेर त्यही देखाएर बसमा यात्रा गर्न सकिन्छ वा टिकट काटेको सुनिश्चित भएको एसएमएस पनि देखाउन सकिन्छ ।