एथर ४५० एक्स र एसको नयाँ मोडल नेपालमा, ब्याट्रीमा ८ वर्षसम्मको वारेन्टी

काठमाडौं । विद्युतिय स्कुटर एथरको नयाँ मोडल नेपालमा सार्वजनिक भएको छ । नेपालका लागि एथर ब्राण्डको आधिकारीक आयातकर्ता तथा विक्रेता वैद्य इनर्जीले एथरको नयाँ मोडल शनिबार सार्वजनिक गरेको हो ।
कम्पनीले २०२५ एथर ४५०एक्स र २०२५ एथर २५०एस नेपालमा ल्याएको हो । ४५०एक्समा विभिन्न तीन मोडहरु रहेका छन् । उक्त मोडहरुले यस स्कुटरलाई सुरक्षित, प्रभावकारी र सुविधाजनक बनाएको कम्पनीको दाबी छ ।
कम्पनीका अनुसार उक्त बहु(मोड ट्याक्सन कन्ट्रोल प्रणालीले पक्की वा चिप्लो सडकमा स्कुटरको पछाडीको पाांग्रालाई अगाडीको पाांग्रासँग तालमेल गराउँछ, जसले स्कुटरलाई थप स्थिरता बनाउँछ ।
कन्ट्रोलका तीन मोडहरू
रेन मोड : भिजेको वा चिप्लो सडकमा थप ग्रिप प्रदान गरी सुरक्षालाई प्राथमिकता दिन्छ ।
रोड मोड : दैनिक सवारीका लागि सुरक्षित र प्रदर्शनबीच सन्तुलन कायम गर्छ ।
र्याली मोड : अफ-रोड यात्रा प्रेमीहरूका लागि विशेष रूपले डिजाइन गरिएको, जसले निश्चित मात्रामा स्लिप नियन्त्रण गरी उत्कृष्ट अनुभव दिन्छ ।
उक्त स्कुटर सार्वजनिक गर्दै वैद्य इनर्जी प्रालिका सीईओ सूर्यांश वैद्यले एथर स्कुटरहरू पछिल्ला डेढ वर्षदेखि नेपाली ग्राहकहरूले अत्यधिक रुचाएकाे बताए । ‘अब, हामी २०२५ एथर ४५० लाई बहु-मोड ट्र्याक्सन कन्ट्रोलसहित प्रस्तुत गर्दैछौं, जसले सुरक्षासँगै प्रदर्शन पनि बढाउनेछ ।’ उनले भने, मोटरसाइकलहरूमा मात्र पाइने यस्ता विशेषताहरू अब हाम्रो स्मार्ट स्कुटरमा उपलब्ध छन्।’
स्कुटरको दायरा (रेन्ज) सुधार गर्न एथरले MRF सँग सहकार्य गरी नयाँ मल्टि- कम्पाउन्ड टायरहरू विकास गरेको जानकारी उनले दिइँदै उनले भने, ‘जसले ब्रेक लगाउँदा ऊर्जा क्षति कम गर्छ र ऊर्जा खपतलाई अनुकूल बनाउँछ ।’
स्कुटरको दायरा (रेन्ज) सुधार गर्न नयाँ टायर टेक्नोलोजी
एथरले MRF सँग सहकार्य गरी नयाँ मल्टि- कम्पाउन्ड टायरहरू विकास गरेको छ, जसले ब्रेक लगाउँदा ऊर्जा क्षति कम गर्छ र ऊर्जा खपतलाई अनुकूल बनाउँछ ।
Ather 450X (3.7 kWh ) को वास्तविक दायरा (True Range) १३० किमी (IDC : १६१ किमी )
Ather 450X (2.9 kWh ) र 4505 को वास्तविक दायरा १०५ किमी (IDC : १२६ किमी / १२२
किमी)
Ather Stack 6 – परिष्कृत सफ्टवेयर इञ्जिन
नयाँ Ather Stack 6 सफ्टवेयरले निम्न सुविधाहरू ल्याउँछ:
Google Maps एकीकरणः सहज नेभिगेसन अनुभव ।
Alexa आवाज सहायक समर्थन: हात प्रयोग नगरी निर्देशन दिन सकिने ।
WhatsApp सूचना ड्यासबोर्डमाः मोबाइल चलाउनै नपर्ने सुविधा ।
“Ping My Scooter” सुविधा: पार्किङमा सजिलै स्कुटर पत्ता लगाउन ।
Live Location Sharing: यात्रा गर्दा आफ्नो वास्तविक लोकेसन साझा गर्न सकिने ।
Ather Nepal मा सुविधाहरूको विस्तार
वैद्य इनर्जी प्रालिले २०२३ मा नेपालमा पहिलो Ather अनुभव केन्द्र (Experience Centre) खोलेको थियो। हाल नेपालभरि ६ अनुभव केन्द्र, १ टेस्ट राइड जोन, ५ सेवा केन्द्रहरू र २१ Ather Grid चार्जिङ स्टेशनहरू सञ्चालनमा छन् ।
२०२५ Ather 450 को नेपाल मूल्य सूची:
.
Ather 450 (२०२५): NRs ३२४,९९९
Ather 450X (2.9 kWh) (२०२५): NRs ३६४, ९९९
Ather 450X (3.7 kWh ) (२०२५): NRs ३९९,९९९
“Eight 70 Warranty” योजनाः
८ वर्ष वा ८०,००० किमीको ब्याट्री वारेन्टी |
७०% ब्याट्री स्वास्थ्य प्रत्याभूति ।
वैद्य इनर्जी प्रालिको बारेमा
वैद्य इनर्जी प्रालि Ather Energy Nepal नेपालमा Ather स्कुटरको एक मात्र आधिकारि वितरक हो र वैद्य ग्रुपको सहायक कम्पनी हो। यो नेपालकै अग्रणी इलेक्ट्रिक स्कुटर ब्रान्डहरूमध्ये एक हो, जसले नवीनता, प्रदर्शन र दिगोपनलाई प्राथमिकता दिँदै इलेक्ट्रिक गतिशीलतामा नेतृत्व गरिरहेको छ।
Ather Energy Limited को बारेमा
Ather Energy Limited २०१३ मा IIT मद्रासका स्नातकहरू तरुण मेहता र स्वप्निल जैनद्वारा स्थापना गरिएको एक इलेक्ट्रिक वाहन निर्माता कम्पनी हो । २०१८ मा Ather 450, २०२० मा Ather 450X, २०२३ मा 4505 ₹ 450x का नयाँ संस्करणहरू, तथा २०२४ मा पारिवारिक स्कुटर Ather Rizta लन्च गरिएको थियो । Ather ले हालसम्म २५००+ फास्ट चार्जरहरू भारतभरि स्थापना गरिसकेको छ ।
Ather Energy Limited ले आफ्नो प्रारम्भिक सार्वजनिक प्रस्ताव (IPO) को तयारी गरिरहेको छ, जसका लागि सेप्टेम्बर ९, २०२४ मा भारतको Securities and Exchange Board (SEBI) सँग प्रारस्म्भक दस्तावेज पेश गरीसकेकाे छ ।