म्यानमारमा भूकम्पमा परी मृत्यु हुनेको संख्या १४४ पुग्यो

काठमाडौं । म्यानमारको भूकम्मा परी मृत्यु हुनेको संख्या १४४ पुगेको छ । ७०० बढी घाइते भएका छन् ।
स्थिति नाजुक भएपछि ६ राज्यमा आपतकाल घोषणा गरी अन्तर्राष्ट्रिय मद्दत मागिएको छ ।
म्यानमारको माण्डले केन्द्रविन्दु भएर शक्रबार ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि ६.४ म्याग्निच्युडको परकम्प गएको थियो । साना-साना परकम्प जाने क्रम जारी छ । भूकम्पले मा्णडले, सगाइङ्ग, नेपिडा लगायतका क्षेत्र बढी प्रभावित भएका छन् ।
भूकम्पले म्यानमारको छिमेकी देश थाइल्यान्डमा पनि क्षति पुगेको छ । एक निर्माणाधीन भवन भत्किंदा ८ जनाको मृत्यु भएको छ । एक सय बढी व्यक्ति फसेका छन् । केहीलाई उद्धार गरिएको छ ।
भूकम्पका कारण ऐतिहास संरचनामा क्षति पुगेको छ । माण्डले दरबार, पुरानो घण्टाघर र ९० वर्ष पुरानो अवा ब्रिज पनि भत्किएको छ ।
भूकम्पले अन्य सडक, पुल, घरहरुमा भत्किएका छन् । त्यहाँ मानिसहरुको उद्धार, राहत वितरण प्रभावकारी हुन नसकेको भन्दै अन्तर्राष्ट्रिय रेडक्रसले चिन्ता व्यक्त गरेको छ ।