काठमाडौंमा आज राजावादी र गणतन्त्रवादीले एकैपटक शक्ति प्रदर्शन गर्दै

काठमाडौं । काठमाडौंमा आज गणतन्त्र पक्षधर समाजवादी मोर्चा र पूर्वराजा समर्थकले प्रदर्शन गर्दैछन् । प्रदर्शनका लागि निश्चित क्षेत्र तोकिएको छ भने सोही अनुसारको सुरक्षा व्यवस्था गरिएको हो । आज गणतन्त्रवादीहरुले प्रदर्शनीमार्गमा र राजावादीहरुले तिनकुनेमा प्रदर्शन गर्दैछन् ।
राजसंस्था पुनस्र्थापनाका लागि नवराज सुबेदीको नेतृत्वमा बनेको संयुक्त जनआन्दोलन समितिले बिहीबार व्यवसायी दुर्गा प्रसाईंलाई कमान्डर बनाएको थियो । सो समूहले आज काठमाडौंमा प्रदर्शन गर्ने र २१ गतेदेखि सशक्त प्रदर्शन गर्ने तयारी गरेको छ ।
यता, दुई पक्षधरले शक्ति प्रदर्शनको तयारी गरेपछि सम्भावित मुठभेड रोक्न सरकारले तीनकुने र प्रदर्शनीमार्गमा ठुलो संख्यामा प्रहरी परिचालन गरेको छ । दुवै पक्षको प्रदर्शन एकै समयमा प्रदर्शन हुन थालेपछि काठमाडौं उपत्यकाभर सुरक्षा सतर्कता बढाइएको छ ।
प्रदर्शनका कारण काठमाडौंका सडकमा सवारी जाम हुने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ट्राफिक प्रहरीका अनुसार, रत्नपार्क, डिल्लीबजार, पुतलीसडक, बागबजार क्षेत्रमा बिहानैदेखि सवारी आवागमन असहज हुनेछ ।