आगामी आर्थिक वर्षका लागि कृषिको प्राथामीकता तथा नीति तथा कार्यक्रममा कृषिमन्त्री अधिकारीद्घारा जनप्रतिनिधीहरु सँग छलफल

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आगामी आर्थिक वर्षका लागि मन्त्रालयले अघि सारेका नीति तथा कार्यक्रम एंव वजेट तर्जुमा र प्राथामिकताका विषयमा धादिङ जिल्लाका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरु सँग छलफल गरेका छन् । सिंहदरवार स्थीत मन्त्रालयमा भएको छलफलमा जिल्लाका २ नगरपालिका र ११ वटा गाँउपालिकाका प्रमुख तथा उपप्रमुख , मन्त्रालयका सचिवद्धय डा .गोविन्द प्रसाद शर्मा , डा.राजेन्द्र प्रसाद मिश्र लगायत सहभागी थिए ।
छलफलमा मन्त्री अधिकारीले सरोकारवाला सवैको सुझावका आधारमा मन्त्रालयले आगामी आर्थिक वर्षको कार्यक्रम र प्राथामिकता तय गरको वताए । कृषि क्षेत्रको विकासका लागि स्थानीय सरकारको महत्वपुर्ण भुमिका हुने भएकाले स्थानीय तहवाट प्राप्त सुझावलाई मन्त्रालयले ग्रहण गर्ने छ , मन्त्री अधिकारीले भने ।
मन्त्रालयले काठमाडौ उपत्यका भित्रका पालिकाका प्रमुख एंव उपप्रमुखहरु सँग पनि यसै विषयमा शुक्रवार मन्त्रालयमा छलफल आयोजना गरेको जानकारी दिदै मन्त्री अधिकारीले आगामी आर्थिक वर्षका लागि मन्त्रालयले अघि सारेका कार्यक्रम र प्राथामिकतालाई स्थानीय सरकारले पनि अपनत्व लिनसक्ने वतावरण वन्न सकोस भन्ने आफनो चाहाना रहेको वताए । आगामी वजेटमा कृषि क्षेत्रमा अघि सारिने कार्यक्रमहरुलाई उत्कृष्ट वनाउन प्रयत्न गर्ने प्रतिवद्धता पनि मन्त्री अधिकारीले व्यक्त गरे ।