माछापुच्छ्रे बैंक लिमिटेडका ग्राहकले मक्र्योर होटलको सेवामा १० प्रतिशतसम्म छुट पाउने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले ग्राहकलाई अतिरिक्त सुविधा प्रदान गर्ने उद्देश्यले द मेट्रोपोलिटन होटल लिमिटेड (मर्क्योर होटल) सँग साझेदारी गरेको छ ।
यस सहकार्यअन्तर्गत, माछापुच्छ्रे बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरूले मर्क्योर होटलका विभिन्न सेवामा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरूले होटल बसाइ, खानपान तथा अन्य सेवाहरूमा छुट पाउने अवसर प्राप्त गर्नेछन् ।
माछापुच्छ्रे बैंकले ग्राहकहरूलाई उच्चस्तरीय सेवा प्रदान गर्न तथा सन्तुष्टिलाई प्राथमिकता दिने उद्देश्यले विभिन्न प्रतिष्ठित संस्थासँग सहकार्य गर्दै आएको छ ।
स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक लि. पुर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १६५ वटा शाखाहरु, ९९ शाखारहित बैकिङ्ग सेवा र ११ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २७५ स्थानमा रहेका सेवा सञ्जाल तथा २०४ वटा एटीएमहरु मार्फत १६ लाख भन्दा बढि ग्राहक महानुभावहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।