माछापुच्छ्रे क्यापिटल लिमिटेडद्वारा ग्लोबल मनि विक २०२५को अवसरमा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडद्वारा Global Money Week, 2025 (ग्लोबल मनि विक २०२५) को अवसरमा नेपाल कर्मस क्याम्पस, मिनभवन काठमाडाैमा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न गरेकाे छ ।
क्यापिटलले चैत १० गतेका दिन स्नातक तह (बि. बि. एस) संकाय तर्फका विद्यार्थीहरु बिच वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हाे ।
ग्लोबल मनि विक २०२५ को “Think before you follow, wise money tomorrow” भन्ने स्लोगनलाई आत्मसाथ गर्दै, क्यापिटलले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।
उक्त कार्यक्रममा स्नातक तहमा अध्यनरत विद्यार्थीहरुलाई शेयर बजार, DMAT, IPO बैंकिङ्ग प्रणाली, शेयर कर्जा को उचित व्यवस्थापन, दीर्घकालीन वित्तीय योजना लगायतका विषयबस्तुबारे जानकारी तथा छलफल गरेको थियो ।
यस अभियानमार्फत, माछापुच्छे क्यापिटले युवाहरूलाई आर्थिक रूपमा सबल बनाउन, जिम्मेवार वित्तीय निर्णय लिन र समग्र वित्तीय स्थायित्व कायम गर्न महत्वपूर्ण योगदान दिने अपेक्षा गरेको छ । माछापुच्छे क्यापिटले यस्ता सचेतनामूलक कार्यक्रमहरू निरन्तर रुपमा गरिरहेको छ ।