नेप्सेको सीईओमा नारद लुँइटेल नियुक्त

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख (सीईओ) मा नारद लुँइटेल नियुक्त भएका छन् ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लुँइटेललाई सीईओ नियुक्त गरेको हाे ।
उक्त पदका लागि १० जनाको आवेदन परेकामा छनोट समितिले पहिलो चरणमा लुइँटेल सहित चूडामणि चापागाईं, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्याललाई छानेको थियो ।
तीमध्ये तीन जनाको नाम सिफारिस गरिएकामा मन्त्रिपरिषद्ले लुइँटेललाई नियुक्त गरेको हो।
उनले तारागाउँ विकास समितिको अध्यक्षका रुपमा २०७२ देखि २०७६ सालसम्म (चार वर्ष) नेतृत्व गरेका थिए ।