कुलमानलाई पदबाट हटाउने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेको छ।
मन्त्रिपरिषदको सोमबार साँझ बसेको बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको हाे।
घिसिङकाे कार्यकाल २०८२ साउन २२ गतेसम्म थियाे । उनी ०७८ साउन २५ नियुक्त भएका थिए । उनकाे कार्यदक्षता माथि प्रश्न उठाइने गरिएकाे थियाे ।