अमेरिकी डलरको भाउ स्थिर, यूरो र पाउन्ड घट्यो

काठमाडौं । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज चैत ११ गते सोमबार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३७ रुपैयाँ ८६ पैसा कायम भएको छ । यस्तै, खरिददर १३७ रुपैयाँ २६ पैसा कायम भएको छ । अमेरिकी डलर शनिबारदेखि यहि भाउमा कारोबार हुदै आएको छ ।
यता, राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४९ रुपैयाँ १० पैसा रहेको छ भने खरिददर १४८ रुपैयाँ ४५ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बित्रीदर १७८ रुपैयाँ ११ पैसा खरिददर १७७ रुपैयाँ ३३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यूरो र पाउन्ड अघिल्लो दिनको तुलनामा सामान्य घटेको हो । जापानिज १० येनको बिक्रीदर ९ रुपैयाँ १९ पैसा र खरिददर ९ रुपैयाँ २३ पैसा छ ।
त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८६ रुपैयाँ ०८ पैसा र बिक्रीदर ८६ रुपैयाँ ४५ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९५ रुपैयाँ ६५ पैसा र बिक्रीमा ९६ रुपैयाँ ०७ पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।