एमबीएल इक्विटी फण्डका सम्पूर्ण इकाइहरु पूर्ण बिक्री

काठमाडौं । एमबीएल इक्विटी फण्डका सम्पूर्ण इकाइहरु आवेदन बन्द हुने मितिको अन्तिम दिनको कार्यालय समय सकिनु अघि पूर्ण रुपमा बिक्री भएका छन्। यस फण्डको निष्काशन २०८१ फागुन २२ गतेदेखि सुरु भएको थियो र अन्तिम आवेदन मिति २०८१ चैत ७ गते तोकिएको थियो।
एमबीएल इक्विटी फण्ड एक बन्दमुखी प्रकृतिको फण्ड हो, जसमा १२ वर्षको अवधिको लागि १० रुपैयाँ अंकित दरमा १२ करोड इकाई बिक्रीमा ल्याइएका थिए। यस फण्डले १५ प्रतिशत इकाई, जसको १४ प्रतिशत अर्थात् १ करोड ६८ लाख इकाई माछापुच्छ्रे बैंकलाई र १ प्रतिशत अर्थात् १२ लाख इकाई माछापुच्छ्रे क्यापिटललाई सुरक्षित राखेर, बाँकी १० करोड २० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो।
कोष प्रबद्र्धक माछापुच्छ्रे बैंक र कोष व्यवस्थापक माछापुच्छ्रे क्यापिटल लिमिटेडले यस सफल निष्काशनको लागि लगानीकर्ताहरुलाई, नेपाल धितोपत्र बोर्ड, सिडिएस एण्ड क्लियरिङ्ग लि।, बैंक र वित्तीय संस्थाहरु, मिडियाकर्मी, र अन्य सम्बन्धित निकायहरुलाई धन्यवाद दिएका छन्।