अछाममा ४.३ म्याग्निच्युडको भूकम्प धक्का

काठमाडौं । अछाममा आज भूकम्प गएको छ । अछामको बाटुलासेन आसपास केन्द्र बनाएर बिहान भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ६ बजेर ३३ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पले अछामका साथै आसपासका जिल्लामा पनि धक्का महसुस भएको थियो । तर भूकम्पले क्षति पुर्याए/नपुर्याएको जानकारी प्राप्त हुन सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय अछामले भूकम्पको धक्का महसुस भएको र त्यसले क्षति भए/नभएकोबारे सबै पालिकाहरुमा बुझ्ने काम भइरहेको जनाएको छ ।
नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी छ ।