नेपाल एसबिआई बैंक र द रुबस होटेल धनगढी बीच सम्झौता

काठमाडौं । नेपाल एसबिआई बैंक र द रुबस होटेल, धनगढीबीच सहकार्य गर्ने सम्झौता भएको छ । बैंक र होटलबीच बैंकका सम्पूर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी खाद्य तथा पेय पदार्थ र आवास सुविधामा १० प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ ।
उक्त सम्झौतापत्र बैंकका सुदुरपश्चिम प्रदेश प्रमुख, सन्तोष कुमार भण्डारी र द रुबस होटेल प्रा.लि.का प्रबन्ध निर्देशक, श्री प्रकाश भट्टले आदानप्रदान गरेका थिए । सो कार्यक्रममा बैंक तथा होटेलका अन्य पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।
नेपाल एसबिआई बैंक लि.ले बिगत ३१ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, २० शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट क्र्याालय सञ्चालनमा छन् ।