एससीटी-युपिआइ कार्ड मार्फत भुक्तानी गर्दा शुक्र हाउसमा २० प्रतिशतसम्मको छुट

काठमाडौँ । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र शुक्र हाउस अफ डाईग्नोस्टिक्स् एन्ड वेलनेस् सेन्टर बिच एससीटी–युपिआइ कार्ड प्रयोगकर्ताहरूलाई विशेष छुट दिने सम्झौता भएको छ ।
कम्पनीका अनुसार एससीटी–युपिआइ कार्ड प्रयोगकर्ताहरूले यो छुट पाउनका लागि आफ्नो एससीटी–युपिआइ कार्ड मार्फत भुक्तानी गर्नुपर्छ । ग्राहकहरूले त्यस मार्फत भुक्तानी गर्दा इन हाउस रुटिन टेस्टमा २० प्रतिशत छुट, इन हाउस स्पेसियलाइजेसन् टेस्टहरूमा १५ प्रतिशत छुट, आउट सोर्स टेस्टहरूमा ५ प्रतिशत छुट, र एक्सरे, यु एस् जी , इ सी जी , र इको गर्दा १० प्रतिशत छुट पाउनेछन् ।
यसका साथै एससीटी–युपिआइ कार्ड प्रयोगकर्ताहरूलाई काठमाडौँ उपत्यका भित्र घरमै बसी बसी हुने चिकित्सक परामर्श सेवामा ५ प्रतिशत छुट, नर्सिङ्ग केयर सेवामा ५ प्रतिशत छुट, र नेपाल अधिराज्य भरि नै टेलिमेडिसीन् सेवा मा ५ प्रतिशत छुट रहेको कम्पनीले जनाएको छ ।
काठमाडौँ उपत्यका भित्र निःशुल्क होम कलेक्सनको पनि सुविधा रहेको छ ।
एससीटीको हाल सदस्यहरू ५ ‘क’ वर्गका बैंक, ५ ‘ख’ वर्गका बैंक, ११ ‘ग’ वर्गका बैंक र १००ं सहकारी संस्थाहरू रहेका छन् । एससीटी र शुक्र हाउस अफ डाईग्नोस्टिक्स् एन्ड वेलनेस् सेन्टरले ल्याएको यो अफरले माथि उल्लेखित बैङ्कहरूबाट एससीटी युपिआइ कार्ड लिएका ग्राहकहरूलाई पूर्ण फाइदा लिन दुवै पक्ष्यबाट प्रोत्साहित गरिएको कम्पनीले जनाएको छ ।
एससीटी–युपिआइ कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको एससीटीसँग आबद्ध बैंकमा गएर सजिलै एससीटी युपिआइ कार्ड लिन सक्नेछन् ।