कुलमानले दिए ऊर्जामन्त्रीको ४ बुँदे स्पष्टीकरणको जवाफ

काठमाडौं । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा मन्त्रालयलाई तेस्रोपटक जवाफ पठाएका छन् । कुलमानलाई स्पष्टीकरण सोध्न मन्त्रिपरिषद्ले गरेको निर्णयको आधारमा ऊर्जामन्त्री दीपक खड्काले शुक्रबार सोधेको ४ बुँदे स्पष्टीकरणको जवाफ कुलमानले १७ पृष्ठमा फर्काएका हुन् ।
उनले राष्ट्र सेवक (कर्मचारी) उपर गरिने विभागीय प्रकृतिको कारवाही गर्न सक्ने अधिकारीले निष्पक्ष र स्वतन्त्र विवेकको आधारमा गर्नुपर्ने भन्दै आफूसँगको सम्झौतापत्र र नियुक्ति रद्द गर्नसक्ने प्रकृया प्रष्ट हुँदाहुँदै पनि प्रकृया र विधि पूरा नगरी भएको कारवाही प्रकृयामा गम्भीर कानूनी र प्रकृयागत त्रुटि रहेको जिकिर गरेका छन् ।
उनले यसअघि पनि सेवाबाट किन नहटाउने भनी ऊर्जामन्त्रीले सोधेको स्पष्टीकरणको जवाफ पेश गरेको अवस्थामा पुनः सोही बमोजिमको कारवाही गर्न सोही मन्त्रालयको प्रस्ताव एवम् सिफारिसमा स्पष्टीकरण माग गर्न नमिल्ने बताएका छन् ।