भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहाल अमेरीका प्रस्थान

काठमाडौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल अमेरीकाको वासिङ्टन डीसी प्रस्थान गरेका छन् । शनिबार साँझ कतार एयरको बिमान मार्फत यातायात सम्वन्धि एक कार्यक्रममा भाग लिन उहाँ त्यस तर्फ गएका हुन ।
मार्च १० देखि विश्व वैंकको आयोजनामा हुने ‘ट्रान्सफर्मीङ् ट्रान्सपोर्टेशन २०२५’ मा भाग लिन मन्त्री दाहाल नेतृत्वको टोलि गएको हो । उनी ‘सस्टेनेवल ट्रान्सपोर्ट मिनिष्टेरीयल राउण्ड टेवल’ को उद्घाटन शत्र तथा ‘ट्रान्सफर्मीङ् ट्रान्सपोर्टेशन’ मा नेपालको नेतृत्व गर्दै सहभागी हुनेछन् ।
मन्त्री दाहाल नेतृत्वको टोलीले उक्त कार्यक्रममा यातायात, रोजगारी, आर्थिक वृद्धी, खाद्यसुरक्षा, यातायात सञ्जाल लगायतका बारेमा हुने छलफलमा भाग लिने छ । यस्तै सोहि कार्यक्रममा दिगो यातायात व्यवस्था मार्फत कार्वन उत्सर्जनलाई न्युनीकरण गर्ने विषय र सडक सुरक्षाको सन्दर्भमा सुरक्षित, सुलभ, वातावरणमैत्री पूर्वाधार निर्माणको बारेमा पनि छलफल हुने जनाईएको छ ।
कार्यक्रमलाई मन्त्री दाहालले १० तारिकका दिन संवोधन गर्नु हुने छ । नेपालको भौगोलिक अवस्थितिमा यातायातको पहुँच, नविन सफल अभ्यास, सडक यातायात मार्फत बजारीकरण, रोजगारी सिर्जना, ग्रामिण पहुँचको विकास र विस्तार लगायतबारेमा उनले विश्व समुदायलाई नेपालको अभ्यास र अनुभव सुनाउने छन् ।
सोहि विचमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको टोली र विश्व बैंकका उच्च अधिकारीहरु विच साईडलाईन बैठक पनि हुने हुने छ । सो बैठकमा नेपालको सडक यातायातको क्षेत्रमा विश्व वैंकले गर्दै आएको सहुलियतपूर्ण ऋण सहयोगका प्राथमिकताका बारेमा विचार आदन प्रदान हुने छ । विश्व बैंकको सहुलियतपुर्ण ऋण र सहयोगमा नेपालमा पूर्व पश्चिम एसियन हाई वे विस्तारका केही भागहरु,नागढुंगा मुंगलीन सडक लगायत महत्वपूर्ण आयोजनाहरु संचालिन छन् ।