मोरङस्थीत स्टार आवासीय माध्यमिक विद्यालयको ३१औं वार्षिक उत्सव सम्पन्न

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङूले नेपालमा राष्ट्रिय पद्दतिको योजना २०२८ मा ल्याएको र हालसम्म त्यही पद्दतिअनुसार चलिरहेको बताएका छन् । समय परिस्थिति बद्लिँदो अवस्था रहेकोले सुधारको आवश्यक रहेकोले सदनमा बहस भइरहेको पनि प्रदेश प्रमुख खापुङले बताए ।
विराटनगर १३, भेट्नरी चौक, मोरङस्थीत स्टार आवासीय माध्यमिक विद्यालयको ३१औं वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रमको समुद्घाटन कार्यक्रममा प्रदेश प्रमुख खापुङूले यस्तो बताएका हुन ।
त्यसैगरी प्रदेश प्रमुख खापुङूले विद्यालयहरूले सीपमुलक शिक्षाको अवधारणा ल्याई वेरोजगारलाई अन्त्य गर्नुपर्ने औंल्याए ।
कार्यक्रममा विशिष्ट समाजसेवीहरूलाई सम्मान र विविध सांस्कृतिक झाँकी प्रस्तुत भएको थियो । विद्यालयका संस्थापक तथा व्यवस्थापन समितिका अध्यक्ष डा. उद्धवप्रसाद पोखरेलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।