चतुर्भुज आशावादीको ८१औं जन्मजयन्ति सम्पन्न

विराटनगर । माननीय प्रदेश प्रमुख परशुराम खापुङले कलासंस्कृतिले मुलुकभित्र नभएर अन्तराष्ट्रियस्तरमै देशलाई चिनाउने बताएका छन् ।
भानु कला केन्द्रका संस्थापक अध्यक्ष चतुर्भुज आशावादीको ८१औं जन्मजयन्तिको अवसरमा प्रदान गरिने चतुर्भुज आशावादी स्मृति सम्मान कार्यक्रमको उद्घाटन गर्दै प्रदेश प्रमुख खापुङूले बताएका हुन ।
एभरेष्ट सेकेण्डरी स्कुल, विराटनगर ५ मा भएको कार्यक्रममा गण्डकी प्रदेश पोखराको हिमाली सांस्कृतिक परिवारलाई सम्मान गरिएको थियो भने उक्त परिवारले गण्डकी प्रदेशको विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरेको थियो ।
त्यसैगरी कोशी प्रदेशका विभिन्न सांस्कृतिक झाँकी पनि प्रस्तुत भएका थिए ।