मन्त्रालयले अघि सारेका कार्यक्रमहरुबाट उत्पादन वढेको छ: कृषिमन्त्री अधिकारी

काठमाडौ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि क्षेत्रको यान्त्रिकरण तथा व्यावसायीकरणका विभिन्न कार्यक्रमहरुबाट खाधन्न, तरकारी ,फलफूल लगायतका वालीहरुको उत्पादनमा वृद्दि भएको वताएका छन् ।
राष्ट्रिय सभाको शुक्रवारको वैठकमा सदस्य भुवन बहादुर सुनारले राख्नुभएको प्रश्नको जवाफ दिनुहुदै मन्त्री अधिकारीले चालु आर्थिक वर्षमा धानको उत्पादन गत वर्षको भन्दा २ लाख ३१ हजार मेट्रिक टनले बढेर ५९ लाख ५५ हजार मेटिक टन पुगेको जानकारी दिए । ताजा तरकारी र फलफुलको क्षेत्रफल र उत्पादन तथा उत्पादकत्व समेत बढदै गएको भन्दै मन्त्री अधिकारीले हाल बाह«ै महिना ताजा तरकारीको उपलब्धता तथा स्याउ ,सुन्तला ,केरा ,र आँप जस्ता प्रमुख फलफूलहरुको बजारमा स्वदेशी उत्पादनको हिस्सा बढदै गएको छ ,भने ।
पछिल्ला समय पशुजन्य उत्पादनमा पनि मुलुक आत्मनिर्भरता तर्फ अघि बढिरहेको उल्लेख गर्दे मन्त्री अधिकारीले आर्थिक वर्ष २०८०÷ ०८१ को तथ्याङ्क अनुसार दुधको उत्पादन २६ लाख १६ हजार मेट्रिक टन , माछा १ लाख १९ हजार मेटिक टन मासु ४ लाख ३१ हजार मेट्रिक टन र अण्डाको उत्पादन १ अर्ब ६० करोड भन्दा बढि रहेको जानकारी गराए ।
मन्त्री अधिकारीले बढदो जनसंख्या र खानेवानीमा देखिएको विविधतासँगै मुलुक भित्रको कृषिउपजको उत्पादनवाट माग परिपूर्ति हुन नसक्दा आयत भएको त्यसमा पनि धान चामल ,गँहु,मकै,आलु,प्याज ,लसुन फलफूलको आयात बढी देखिएको वताए । उत्पादन वृद्धिका लागि मन्त्रालय लागिपरेको जानकारी दिदै मन्त्री अधिकारीले यसका लागि बालीले ढाकेको क्षेत्रफल विस्तार , सिँचित क्षेत्रको विस्तार ,रासायनिक मल र उन्नत बीउविजनको सहज उपलब्धता ,उत्पादन लक्ष्ति अनुदानका क्रियाकलाप ,उन्नत जात तथा पशुनश्लको विकास तथा प्रवद्र्धन, बाली विशेष कार्यक्रमहरुलाई प्राथामिकता दिई संचालनमा ल्याइएको जानकारी गराए ।
कृषि उपजको उत्पादन तथा उत्पादकत्व बृद्धिका लागि विशेष कृषि उत्पादन कार्यक्रम मार्फत समयमै रासायनिक मलको उपलब्धता सुनिश्चितता गर्ने कार्यलाई प्राथामिकतामा राखिएको छ ,स्वदेशमै रासायनिक मल कारखाना स्थापनाका लागि ठुलो लगानी आवश्यक पर्ने र हाल सम्म यसका लागि कुनै सरकारले पनि रकम बिनियोजन नगरेको भए पनि सम्भावयता अध्यानका कामहरु भने भएको मन्त्री अधिकारीले वताए ।
कृषि उत्पादन र उत्पादकत्व बढाउदै आत्मनिर्भर बन्ने र यसको निर्यात समेत गर्ने लक्ष्यका साथ मन्त्रालयले गुणस्तरीय स्रोत सामाग्रीमा आम कृषकहरुको पहँुच वृद्धि गर्ने , पहाडी क्षेत्रमा बाँझो तथा खेती योग्य जमिनमा फलफूल खेती विस्तार , कृषि उपजको उत्पादन तथा उत्पाकत्व वृद्धिका लागि स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण , कृषि उपज विशेष उत्पादन क्षेत्र निर्धारण गरी कार्यक्रम संचालन गरिने मन्त्री अधिकारीले वताए ।