ब्रिटिस एजुकेसन ग्रुप सीईओ कँडेल लन्डनमा सम्मानित

काठमाडौं । ब्रिटिस एजुकेसन ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजन कँडेल बेलायतको राजधानी लन्डनमा सम्मानित भएका छन् । शिक्षा क्षेत्रमा अतुलनीय योगदान गरेको भन्दै उनलाई लन्डनस्थित युनिभर्सिटी अफ ग्रिनविचले एक कार्यक्रमबीच सम्मान गरेको हो ।
ग्रिनविचको एल्मुनाई समारोहमा नेपाल, बेलायत, यूएई तथा क्यानडाका विभिन्न समुदायलाई ग्लोबल एजुकेसन पहुँचमा ल्याउन मद्दत गरेको भन्दै कँडेल सम्मानित भएका हुन् ।
कार्यक्रममा ग्रिनविचका उपकुलपति प्राध्यापक जेन ह्यारिब्टनले विश्वव्यापी शिक्षामा कँडेलको प्रभावको प्रशंसा गरे । ‘आफ्नो उद्यमशीलता अनुभव र अन्तर्राष्ट्रिय विशेषज्ञता मार्फत विभिन्न समुदायलाई जोड्ने कँडेलको प्रतिबद्धताले विद्यार्थीलाई उनीहरूको शैक्षिक र व्यावसायिक आकांक्षा प्राप्त गर्न टेवा पुगेको छ,’ उनले भने ।
सम्मान ग्रहणपछि विश्वविद्यालयप्रति कँडेलले कृतज्ञता व्यक्त गरे । ‘शिक्षामा जीवन परिवर्तन गर्ने शक्ति छ, विश्वभरिका विद्यार्थीलाई गुणस्तरीय शिक्षाका अवसरमा पहुँच सुनिश्चित गर्ने मेरो प्रतिबद्धमा यो सम्मानले थप ऊर्जा मिलेको छ,’ कँडेलले भने ।
कँडेलले सन् २००६ मा ग्रिनविच युनिभर्सिटीबाट कम्प्युटिबमा बीएससी ९अनर्स० हासिल गरेका हुन् । कँडेलको नेतृत्वमा ब्रिटिस एजुकेसन ग्रुपअन्तर्गत द ब्रिटिस कलेज (काठमाडौं), द विलविच कलेज (लन्डन), द वेस्टमिन्स्टर कलेज (ललितपुर ), द उलविच इन्स्टिच्युट (दुबई), मेरिटाइम बिजनेस कलेज ९क्यानडा० तथा नेपालका विभिन्न स्थानमा स्कुल सञ्चालनमा छन् ।