नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको अध्यक्षमा पाँडे चयन

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको अध्यक्षमा पृथ्वीबहादुर पाँडे चयन भएका छन् ।
बैंकको मंगलबार बसेको सञ्चालक समितिको ६१७औं बैठकले अध्यक्षमा पाँडेलाई सर्वसम्म रूपमा सञ्चालक समिति अध्यक्ष चयन गर्ने निर्णय गरेको हो ।
१५ फागुनमा सम्पन्न बैंकको ३८औं वार्षिक साधारणसभापछि भएको निर्वाचनमा संस्थापक समूह तर्फबाट पाँडेसहित प्रजन्य राजभण्डारी, मदनकुमार आचार्य र दिपंकर शाक्य उदय निर्विरोध निर्वाचित भएका थिए ।
सर्वसाधारण सेयरधनी समूहतर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पदको निर्वाचनमा कविकुमार टिबरेवाला र शालिकराम बेल्बासे निर्वाचित भएका थिए ।