ग्यासको मूल्य बढेको छैन: आयल निगम

काठमाडौं । नेपाल आयल निगमले ग्यासको मूल्य वृद्धि नभएको जनाएको छ । निगमले एक विज्ञप्ति जारी गर्दै मूल्य वृद्धि नभएको जानकारी दिएको हो ।
आज सरकार र नेपाल एलपी ग्यास उद्योग संघबीच ५ बुँदे सहमती भएको थियो । जहाँ एलपी ग्यासको मूल्य १२ रुपैयाँ ७५ पैशा वृद्धि गर्ने पनि उल्लेख थियो । उक्त सहमतिपछि प्रतियोगीहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएका थिए ।
तर, सो वृद्धि भएको १२ रुपैयाँ ७५ पैसा उपभोक्ताले तिर्न नपर्ने भएको छ । सो वृद्धि भएको रकम नेपाल आयल निगमले नै व्योहोर्ने निगमले जनाएको छ ।