पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार

काठमाडौं । हृदयाघात भएपछि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार आएको छ ।
आइतबारदेखी आइसीयुमा राखेर उपचाररत उनको स्वास्थ्यमा सुधार आएपछि आज वार्डमा सारिएको छ । आइतबार राति हृदयाघात भएपछि पारशलाई नर्भिक लगिएको थियो थिए । पारसलाई हृदयाघात भएको यो चौथो पटक हो ।