सुख्खा बन्दरगाहका लागि अधिग्रहण रहेको जग्गाको मुआब्जा छिटै दिइने : मन्त्री गुप्ता

बिरगंज । नेपाल सरकारका सङ्घिय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले नेपाल सरकारले बिरगंज स्थित सुख्खा बन्दरगाह बिस्तारका लागि अधिग्रहण गरेको जग्गाको पुर्ण मुआब्जा हालसम्म बितरण हुन नसकेकोमा आफू चिन्तित रहेको बताएका छन् ।
पर्साको पोखरिया नगरपालिकामा नापी तथा मालपोत कार्यक्रमको उद्घाटन पश्चात् बिरगन्ज वडा नम्बर २५ सुख्खा बन्दरगाह स्थित अतिक्रमित गाउँ पुगेका गुप्ताले सो कुरा बताएका हुन ।
बिरगंज वडा नम्बर २५ का जनताको समस्या बुझ्न त्यहाँ पुगेका गुप्तालाई स्थानियले स्वागत गर्नुका साथै वडावासिको समस्याबारे संसदीय बैठकमा आवाज उठाउन माग गरेका थिए । मुआब्जा पिडित संघर्ष समितिका बिजय कुमार तिवारीले बर्सौ देखि जग्गा अधिग्रहण गरेर सरकारले पिडितलाई मुआब्जा नदिदा स्थानियवासी मर्कामा परेको औल्याउँदै यो समस्यालाई तत्काल सम्बोधनका लागि आग्रह गरे ।
भेटघाट कार्यक्रमा भुमी ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले बाकी रहेको मुआब्जा सम्बन्धी आवस्यक प्रकृया अगाडि बढाई सकिएको जनाउँदै समस्याको निराकरण तुरुन्तै हुने आश्वासन दिएका थिए ।
नेपाल सरकारले सुख्खा बन्दरगाह बिस्तारका लागि बिरगन्ज वडा नम्बर २५ को करिब ३ सय घरधुरी भएको ६२ बिघा जग्गा सात बर्ष अगाडी देखि रोक्का गरेर राखेको छ ।
कार्यक्रममा मुआब्जा पिडित संघर्ष समितिका अशोक चौधरी, वडाध्यक्ष आशुतोष चतुर्बेदी, वडा नम्बर १७ का वडाध्यक्ष सन्जु छत्तकुली, सन्जय पटेल, भैयाराम प्रसाद, रामानन्द पटेल, शिव पटेल लगायतको सहभागिता रहेको थियो ।