कर्पोरेट एक्सीलेन्स अवार्डबाट गरिमा विकास बैंक सम्मानित

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड कर्पाेरेट एक्सीलेन्स अवार्ड २०२४ बाट सम्मानित भएको छ । कर्पोरेट क्लब नेपालले वार्षिक रुपमा आयोजना गर्दै आएको यस अवार्ड समारोहमा विकास बैंक सम्मानित भएको हो ।
यस वर्ष २२ वटा विभिन्न विधामा अवार्ड वितरण भएकोमा यस विकास बैंकलाई विकास बैंक, क्षेत्रीय बैंक र वित्तीय विधामा सम्मान गरिएको जनाइएको छ ।
हाल गरिमा विकास बैंकले देशभर १२३ शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर र ५० एटिएम मार्फत सेवा प्रवाह गर्दै आइरहेको छ ।