सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौं । फागुन १५ गते, बिहीबार, नेपाली बजारमा सुनको घटेको छ । यस दिन सुनको मूल्य प्रतितोला २०० रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल एक लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा छापावाल सुन एक लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँ बढेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला एक हजार ९४० रुपैयाँमा खरिदबिक्री भएको थियो ।