युनाइटेड इदी मर्दीको लाभांश घोषणा, हकप्रद सेयर पनि जारी गर्ने

काठमाडौं । युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । यस कम्पनीको फागुन १३ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२१ प्रतिशत नगद लाभांश पनि दिने निर्णय गरेको हो ।
साथै, युनाइटेडले १ बराबर १ को सेयर अनुपातमा हकप्रद सेयर पनि जारी गर्ने भएको छ । बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीमा १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने घोषणा गरेको हो । हाल यस कम्पनीको चुक्ता पुँजी ४४ करोड ३१ लाख रुपैयाँ रहेको छ ।
कम्पनीले लाभांश प्रस्ताव पारित गर्न आगामी चैत ११ गते साधारण सभा बोलाएको छ । सभा आभ्या क्लब, घारीपाटन-१७ पोखरा, कास्कीमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पेश हुनेछ । सभा प्रयोजनार्थ कम्पनीले फागुन २३ गते बुक क्लोज गर्दैछ । त्यसैले फागुन २२ गतेसम्म कायम सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सक्नेछन् ।