शिवम् कन्स्ट्रक्सन लगायत ११ निर्माण कम्पनीलाई ७ दिने स्पष्टीकरण माग

काठमाडौं । खरिद अनुगमन कार्यालयले चित्त बुझ्दो काम नगर्ने ११ निर्माण कम्पनीलाई सातदिने स्पष्टीकरण सोधेको छ ।
यसअघि ३० दिनभित्र स्पष्टीकरण बुझाउन भनिए पनि अटेर गरेका निर्माण व्यवसायीहरुलाई कार्यालयले सात दिनको मौका दिइएको हो । यो अवधिमा पनि स्पष्टीकरण नबुझाएमा कालोसूचीमा राख्ने प्रक्रिया अघि बढ्ने कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।
सात दिने स्पष्टीकरण सोधिएका निर्माण कम्पनीहरुमा सिंह कन्स्ट्रक्सन, एसडी कन्स्ट्रक्सन, शिवम् कन्स्ट्रक्सन, राजिता निर्माण सेवा छन् ।
यसैगरी विपिन कन्स्ट्रक्सन पाल्पा, ए एण्ड डी कन्स्ट्रक्सन, बीटीरजयबाबा जेभी, आकांक्षा कन्स्ट्रक्सन र यज्ञश्वरी निर्माण सेवालाई पनि सात दिन भित्र स्पष्टीकरण बुझाउन भनिएको छ ।