सवारी साधनको लोन टु भ्याल्यू रेसियोको सीमा ६० प्रतिशत कायम गरिने

काठमाडौं । व्यक्तिगत सवारी साधन र सबै प्रकारका विद्युतीय सवारी साधनको ऋण मूल्य अनुपात (लोन टु भ्याल्यू रेसियो) को सीमालाई ६० प्रतिशत कायम गरिने भएको छ ।
मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षामार्फत केन्द्रीय बैंकले यस्तो व्यवस्था गरेको हो । यसअघि भने सवारी साधनको ऋण मूल्य अनुपातको सीमा ८० प्रतिशत रहेको थियो ।