चन्द्रागिरी हिल्सले महाआरतीलाई लक्षित गर्दै केबलकार टिकटमा ५० प्रतिशत छुट दिने

काठमाडौं । काठमाडौंको थानकोटमा रहेको चन्द्रागिरि हिल्स लिमिटेडले महाशिवरात्रिको अवसरमा आयोजना हुने महाआरतीलाई लक्षित गर्दै केबलकार टिकटमा ५० प्रतिशत छुट दिने भएको छ ।
चन्द्रागिरि हिल्सका अनुसार महाआरतीका दिन साँझ ४ बजेदेखि ६ बजेसम्मको केबलकार टिकटमा उक्त छुट प्राप्त हुनेछ ।
यो वर्षको महाशिवरात्रि १४ फागुनमा परेको छ ।
हिल्सका अनुसार महाशिवरात्रिको पूरै दिन भालेश्वर मन्दिर परिसरमा विशेष भक्तिमय भजन कार्यक्रम समेत सञ्चालन हुनेछ भने साँझ ५ बजेपछि विशेष महाआरती हुनेछ ।