मेयर बालेनकाे प्रधानमन्त्रीसँग आग्रह “नेपाली भएर बाच्ने आधार त दिनुस”

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी ओलीसँग ‘मेयर हो भनेर बिर्सिएर नेपाली भएर बाच्ने आधार दिन’ आग्रह गरेका छन् ।
शुक्रबार बिहान सामाजिक संजालमा एक स्टाटस लेख्दै मेयर बालेनले अमेरिका लगायत छिमेकी राष्ट्रले अवहेलन गरेकाे भन्दै प्रधानमन्त्री ओलीसँग आक्रोश पोखेका हुन् ।
उनले लेखेका छन् ,”अमेरिकाले corrupt भनिसक्यो ,
ईन्डियाले भिकारी भनिसक्यो ,
चिनले मान्छे गन्दैन ,
मलाई मेयर हो भनेर बिर्सिनुस ,
नेपाली भएर बाच्ने आधार त दिनुस ।“
पछिल्लाे १२ घण्टामा मेयर बालेनले २ वटा स्टाटस लेखिसकेका छन् । हिजाेकाे उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई डिभी बन्द गर्न पनि भनेका छन् । उनले अमेरिकी नागरिक अल्छीको भएकाे उल्लेख गर्दै ट्रम्पलाई डिभी दासत्व पनि बन्द गरेमा हामीले हाम्रा रत्नहरू फिर्ता पाउने लेखेका छन् ।