सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको २६.९८४१ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १.४२०२२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
फागुन ८ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।