विराटनगरमा पहिलो पटक ‘किडोपिया स्टुडियो’ सञ्चालनमा

विराटनगर । बालबालिकाको सुरक्षित हेरचाह, शैक्षिक प्रवर्द्धन र सिर्जनात्मक विकासलाई ध्यानमा राख्दै विराटनगरमा पहिलो पटक आधुनिक सुविधा सम्पन्न ‘किडोपिया स्टुडियो’ सञ्चालनमा आएको छ ।
व्यस्त अभिभावकका लागि ठूलो सहजता प्रदान गर्ने उद्देश्यले सुरु गरिएको यो डे केयर केन्द्रले बालबालिकाका लागि सुरक्षित, मनोरञ्जनात्मक तथा ज्ञानवर्द्धक वातावरण उपलब्ध गराउने छ ।
‘किडोपिया स्टुडियो’ ले बालबालिकाको समग्र विकासलाई प्राथमिकता दिँदै विभिन्न अत्याधुनिक सुविधा समेटेको छ । यसमा इनडोर तथा आउटडोर खेल क्षेत्र, पुस्तकालय, दृश्य-श्रव्य शिक्षण (एभी) कोठा, आईटी तथा आर्ट एन्ड क्राफ्ट स्टुडियो जस्ता सिर्जनात्मक गतिविधिहरू समावेश छन् ।
किडोपिया स्टुडियोका अनुसा तार्किक सोच तथा समस्या समाधान क्षमताको अभिवृद्धि गर्न ब्रेन गेम तथा पजल्सको विशेष व्यवस्था गरिएको छ। बच्चाहरूको पोषण तथा स्वास्थ्यलाई ध्यानमा राख्दै प्रोटिनयुक्त स्वस्थ भोजनको आपूर्ति गरिएको छ भने आकस्मिक स्वास्थ्य सहायता उपलब्ध गराउन प्राथमिक उपचार (फर्स्ट एड) सेवाको व्यवस्था गरिएको छ।
बालबालिकाको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै ‘किडोपिया स्टुडियो’ मा गेटेड सेक्युरिटी अर्थात् निगरानीयुक्त सुरक्षित वातावरण निर्माण गरिएको छ । प्रशिक्षित शिक्षक तथा अनुभवी स्टाफको साथमा बच्चाहरूले खेल्दै-खेल्दै सिक्ने अवसर पाउनेछन्, जसले उनीहरूको मानसिक, शारीरिक तथा सामाजिक विकासलाई सघाउनेछ ।
विराटनगर-१० मा अवस्थित ‘किडोपिया स्टुडियो’ हप्ताको सातै दिन बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ । अभिभावकहरूले आफ्ना बालबालिकालाई सुरक्षित र शिक्षणमैत्री वातावरणमा राख्ने अवसर प्राप्त गर्ने भएकाले यो स्टुडियो विशेष आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ।