नेपाल र श्रीलंका केन्द्रीय बैंकबीच सूचना आदानप्रदान सम्झौता

काठमाडौं । नेपाल र श्रीलंकाका केन्द्रीय बैंकबीच वित्तीय नियमन तथा सुपरीवेक्षणका सवालमा सूचना आदानप्रदान सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र सेन्ट्रल बैंक अफ श्रीलंकाका गभर्नर डा. नन्दलाल विरसिङ्घेबीच सम्झौतामा हस्ताक्षर भएको छ । सो सम्झौता अनुसार दुई राष्ट्रबीच वित्तीय नियमन तथा सुपरीवेक्षणका लागि आवश्यक सूचना आदानप्रदान हुनेछ ।
‘श्रीलंका मात्रै नभई यसअघि भारत लगायत मुलुकसँग पनि यस्तो सम्झौता भएको छ’ प्रवक्ता रामु पौडेलले भने । वित्तीय क्षेत्रको नियमन तथा सुपरीवेक्षणका लागि आवश्यक क्षमता वृद्धि विकास गर्ने, एकअर्कालाई सूचना लिनेदिने कार्य गर्नेजस्ता कार्यको सम्झौता रहेको उनले बताए ।