कोदाली भेन्चर्सका उत्पादनहरू बजारमा

काठमाडौं । कोदाली भेन्चर्सले स्वास्थ्यवर्द्धक र प्राकृतिक खाद्य उत्पादनहरू नेपाली बजारमा ल्याएको छ ।
कोदाली भेन्चर्सले ‘फापर फ्लेक्स’, ‘भिगन प्रो’ ‘माइ चोइस’ र ‘प्यानकेक’ जस्ता उत्पादनहरू नेपाली बजारमा ल्याएको हो ।
नेपाली महिलाहरूको नेतृत्वमा सञ्चालित अग्रणी कम्पनी कोदाली भेन्चर्सले नेपाली किसानले उत्पादन गरेका कोदो, फापर, चिनो, कागुनो, मुङको दाल, भटमास जस्ता रैथाने अन्नहरूमा आधारित खाद्यान्नहरू बजारमा ल्याएको हो ।
रासायनिक वस्तु प्रयोग नगरी उत्पादन गरिएका खाद्यवस्तुहरू बजारमा ल्याइएका कारण यी उत्पादनहरू मानव स्वास्थ्यका लागि लाभदायक रहेको उत्पादक कम्पनी कोदाली भेन्चर्सको दाबी छ ।
केके छन् भेन्चर्सका उत्पादन ?
फापर फ्लेक्स : यो टुसा उमारेको फापरबाट बनेको सुपरफुड हो जसले सुगर लेभल नियन्त्रण गर्न मद्दत गर्छ । यो कम प्रशोधित खाद्य पदार्थ हो र पौष्टिक आहार चाहनेहरूका लागि उपयुक्त छ ।
भिगन प्रो : यो टुसा उमारिएको मुङ, तिल र जडीबुटीहरूबाट बनेको २५ प्रतिशत प्रोटिन युक्त पिठो हो। यसलाई बारा, सुप, वा आँटाको पीठोमा मिसाएर सुख्खा रोटी बनाउन सकिन्छ । यो स्वस्थ जीवनशैली चाहने परिवारका लागि प्रोटिनको उत्तम स्रोत हो ।
माइच्वाइस : यो टुसा उमारिएको कोदो, फापर, सूर्यमुखी, कोका र गुडबाट बनेको स्वस्थ पेय पदार्थ हो। यसले बच्चाहरूलाई रैथाने खाद्यवस्तु खाने बानी बसाउन मद्दत गर्छ र उनीहरूको पौष्टिक आवश्यकताको पूर्ति गर्छ ।
प्यानकेक (मिठ्ठो गिले रोटी) : यो अंकुरित अन्नहरू जस्तै जौ, फापर, कागुनो, आलस र गुडबाट बनेको पिठो हो । यो रसायनरहित उत्पादन हो र ओमेगा-३ जस्ता पोषक तत्वले भरपुर छ, जुन स्वस्थ मुटु र मस्तिष्कका लागि आवश्यक छ ।