सुन र चाँदीको मूल्यमा निरन्तर वृद्धि

काठमाडौं । फागुन ७ गते, बुधबार, नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला एक हजार एक सय रुपैयाँँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६९ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य निरन्तर रुपमा वृद्धि भएर ऐतिहासिक उचाईको नजिकै पुगेको हो ।
यस दिन चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार १८५ रुपैयाँमा किनबेच भइरहेको छ । मंगलबारको बजारमा चाँदी एक हजार ९७० रुपैयाँमा खरिदबिक्री भएको थियो ।