देवयानी इन्टरनेसनल नेपालले बाँड्यो पोखराका २९२ विद्यार्थीलाई शैक्षिक सामग्री

काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय फुड चेन ब्रान्ड केएफसी तथा पिज्जा हट सञ्चालन गर्दै आएको कम्पनी देवयानी इन्टरनेसनल नेपाल प्रालिले २९२ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
पोखरा महानगरपालिका-२६ मा रहेको सिर्जना बहिरा आवासीय माध्यमिक विद्यालयका २१० जना फरक क्षमता भएका विद्यार्थी र दारुवालियूम आवसीय विद्यालयका ८२ विद्यार्थी गरी कुल २९२ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको कम्पनीले जनाएको छ ।
देवयानी इन्टरनेसनल नेपालका प्रमुख वित्तीय अधिकृत रितुराज शाहका अनुसार प्रत्येक विद्यार्थीलाई एक थान झोला, ६ थान कपी र ६ थान डटपेन प्रदान गरिएको हो ।
देवयानी इन्टरनेसनल आफ्नो वार्षिक सामाजिक उत्तरदायित्व अन्तर्गत समुदायमा यस्ता कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।
कम्पनीले हाल फरक क्षमता भएका व्यक्तिहरूबाट समेत केएफसी स्टोर सञ्चालन गर्दै आएको छ ।