कुमारी बैंक र सूर्यविनायक मिसन हस्पिटलबीच सम्झौता

काठमाडौँ । कुमारी बैंक लिमिटेड र सूर्यविनायक–१०, मिलनचोक, भक्तपुरस्थित सूर्यविनायक मिसन हस्पिटल प्रा.लि. बीच कुमारी बैंकका ग्राहकहरुलाई हस्पिटलबाट प्रदान गरिने विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
यस सम्झौता बमोजिम सूर्यविनायक मिसन हस्पिटलबाट प्रदान गरिंदै आएका सेवाहरुमा ग्राहकहरूलाई प्रयोगशाला परीक्षण, एक्स–रे, यूसीजी तथा ओपीडी टिकटमा २०% छुट र औषधिमा १०% छुट दिने सम्बन्धमा सम्झौता भएको छ ।
कुमारी बैंककाे हाल देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग ईकाईहरु संचालनमा रहेका छन् । बैंकले आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।