देशका उच्च भागमा वर्षा र हिमपात, तराईमा हुस्सु

काठमाडौं । पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ । सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा विभागले जनाएको छ । तराईका थोरै स्थानमा हल्का हुस्सु लागेको छ ।
विभागले सातवटै प्रदेशका आंशिक बदली रहने जनाएको छ । पाँचवटा प्रदेशमा हिमपातको सम्भावना छ । मधेस र लुम्बिनीबाहेकका पाँचवटा प्रदेशमा हिमपातको सम्भावना रहेको हो । राति भने यो प्रदेशमा बदलीमात्र हुनेछ ।