प्रतिनिधि सभा बैठक बस्दै, आज प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दै छ । बैठक संसद भवन नयाँ बानेश्वर काठमाडौंमा दिउँसो १ बजेबाट सुरु हुनेछ । बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।
त्यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम प्रतिनिधिसभा सदस्यहरुले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची पनि रहेको छ ।