सडक विभागको पुर्व स्विकृति विना नै राजमार्गमा गाैर नगरपालिकाले स्वागत द्वार निर्माण गर्दै

प्रेमचन्द्र झा
राैतहट । गाैर -चन्द्रनिगाहपुर सडक खण्डमा फोरलाईन सडक निर्माण तथा स्तर उनन्ति सुरु भए संगै समस्या देखिन थालेका छन ।
सडक डिभिजन चन्द्रनिगाहपुरका प्रमुख अरुण कुमार कर्णका अनुसार गाैर नगर पालिकाले निर्माण गर्न लागेकाे स्वागत द्वारको विभाग स्विकृति नरहेकाे बताएका छन ।
सडक डिभिजन कार्यालयले मुल सडक देखि १५ मिटर दायां वायांमा कुनेै पनि संरचना नबनाउन तथा बनाउन नदिन सबैलाई आग्रह गरेका छन । यसै बिचमा गाैर नगर पालिकाले बनाउन लागेको प्रवेस द्वार फोर लाईन बाहिर रहे पनि ड्राेईङ्ग स्विकृत नरहेकाे प्रमुख कर्णले बताए ।
देशमा लोकतन्त्र हो कि मनपरि तन्त्र हाे बुझन बहुत गाह्रो छ । जसलाई जे मन लाग्यो त्यही काम गरी रहेका छन । कसैले कसैको अधिकार क्षेत्रमा प्रवेश गर्नु अगाडि साेधे न साेधे कुनै फरक पर्दैन । ठेक्का भई सकेकाे रहेका छन । अहिले सहमति दिन भन्छन तै पनि कागज पत्र मिलाएर स्केच मिलाएर ल्याउन भनेको प्रमुख कर्णले बताए । यस बारे गाैर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुभाष कुमार ठाकुरले सडक डिभिजन चन्द्रनिगाहपुरमा विभागिय सहमतिका लागि आवश्यक कागजात पेस गरी सकेको बताए ।
सडकले तोकेको माप दण्ड अनुसार स्वागत द्वार निर्माण भई रहेको ठाउमा जग्गा प्रयाप्त रहेको प्रमुख ठाकुरले बताए ।
सडक डिभिजन चन्द्रनिगाहपुरले गाैर विपि चाैक देखि माधवनारायण नपा ३ गजेन्द्रनारायण सिंह अस्पताल सम्मकाे १६.३६० किमि सडक फाेर लाईन बनउन ठेक्का भएको हो । सो रमन-आश्रेय जेभीले निर्माण गराई रहेको छ।
चन्द्रपुर -गाैर सडक (एनएच ३६)लाई फोर लेन कालो पत्रे सडकमा विस्तार तथा स्तर उन्नतिको काम शुरु भएका छन । यसको लागि सडक डिभिजन चन्द्रनिगाहपुरले २०८१/०६/०२१मा रमन -आश्रेय जेभी बसुन्धरा काठमाडौ संग समझाैता गरेका थिए ।सो सडकलाई बनाउन २०८४/०६/२०सम्मको अन्तिम समय सिमा दिईएको छ। सो कार्य ताेकिएको समय सिमा भित्र सम्मपन्न गराउन कम्पंनीले २०८१/०७/०६ गते देखि कार्य शुभारम्भ गरि सकेको रमन आश्रेय जेभीका प्रोजेक्ट मैनेजर अजय गुप्ताले बताए । सो फोर लाईन सडकलाई विपि चाैक सम्म मात्र सिमित न राख्न स्थानीय समाजसेवी विक्रान्त विक्रम नेपालले बताए। फोर लेन सडक प्रदेशिक अस्पताल गाैर सम्म ल्यान उनले माग गरेका छन।
नेपाली कांग्रेसका नेता तथा राैतहट १ (क) बाट निर्वाचित मधेस प्रदेस सभाका सदस्य नागेन्द्र साहले निर्माण भई रहेको फोर लाईन सडकलाई बोडरसंग जोडिए मात्र यसको औचित्य रहेको बताए । बोडर संग जोडन गाैर वजार क्षेत्रको दायाँबायाँबाट पनि बोडरसम्म फोर लाईन सडक जोडन प्रदेश सदस्य साहले माग गरेका छन ।
फोरलाईन सडकको कामलाई बोडर सम्म नजोडिए स्थानीय जनता आन्दोलित हुन वाध्य हुने उनले चेतावनी समेत दिएका छन ।