प्रतिफल देखिने गरि काम गर्न कृषिमन्त्री अधिकारीको निर्देशन

काठमाडौ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषिमा भएको लगानीको प्रतिफल आउनु पर्ने वताएका छन् । मन्त्रालयमा आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री अधिकारीले लगानीको प्रतिफल विना उपलब्धी नदेखिने भएकाले यसलाई आधार मानेर कार्य गर्न सम्वन्धीत निकायलाई निर्देशन दिए ।
हामी सँग विज्ञहरुको खाँचो छैन , लामो समय कृषि क्षेत्रमा कार्य गरेका दक्ष जनशक्ति मन्त्रालय सँग छ ,तथापी नतिजा आउन सकिरहेको छैन , चार्टले प्रगति देखाउन सकिरहेको छैन ,मन्त्री अधिकारीले भने । उनले कृषि कर्ममा लागेका हरुलाई हामीले के दियौं यहि सोचेर कार्य गर्न जरुरी छ , भने ।
कानुनी अबरोध हटाउदै नतिजामुखी कार्य गर्न आफुले सहजीकरण गर्ने भन्दै मन्त्री अधिकारीले अझै बढि क्रियाशिलताले मात्र कृषि क्षेत्रमा लिएका लक्ष्य पुरा हुने भएकाले यस तर्फ लाग्न कर्मचारीहरुलाई निर्देशन दिए ।