एचआइडीसीएलले ६ महिनामा कमायो ५२ करोड २३ लाख रुपैयाँ
![HIDCL HIDCL](https://www.arthikpati.com/wp-content/uploads/2025/02/HIDCL-1024x585.jpg)
काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडले (एचआइडीसीएल) चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५२ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको तुलनामा ३०.६२ प्रतिशतले थोरै हो । गत वर्ष यसले ७५ करोड २७ लाख रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको वित्तीय आम्दानी २९.५९ प्रतिशतले घटेर ७५ करोड ८६ लाख रुपैयाँ कायम भएको छ । यस्तै, कम्पनीको ग्राहकसँगको सम्झौता (कन्ट्याक) बाट हुने आम्दानी पनि १ करोड २३ लाख रुपैयाँबाट घटेर ४७ लाख ३ हजारमा झरेको छ ।
२४ अर्ब ५५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको एचआइडीसीएलको जगेडा कोषमा ३ अर्ब ४७ करोड रुपैयाँ जम्मा छ । यसको प्रतिसेयर आम्दानी ६.६१ रुपैयाँबाट घटेर ४.२५ पैसा (वार्षिक) मा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ११४.१५ रुपैयाँ रहेको छ ।