स्मार्टच्वाइस टेक्नोलोजिजको २३औं वार्षिक साधारण सभा सम्पन्न
![Mnemonic-1536x940 Mnemonic-1536x940](https://www.arthikpati.com/wp-content/uploads/2025/02/Mnemonic-1536x940-1-1024x627-1536x940.png)
काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले आफ्नो २३ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभामा आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित सोही आर्थिक वर्षको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायत वित्तीय विवरण स्वीकृत भएको छ ।
साथै सोही सभाबाट ५ जना सञ्चालकहरू आगामी कार्यकालका लागि निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचित सदस्यहरूमा आइएमई लिमिटेडबाट क्रमशः रविन कुमार नेपाल र सविन ढकाल, प्रभु बैंक लिमिटेडबाट रश्मी पन्त, ग्लोवल आईएमई बैंक लिमिटेडबाट अनिल जोशी र सिटी एक्सपे्रस मनि ट्रान्सफर प्राइभेट लिमिटेडबाट सुभाष ज्ञवाली रहेका छन् ।
साथै सोही दिन बसेको सञ्चालक समितिको बैठकले पुनः श्री रविन कुमार नेपाललाई अध्यक्ष चयन र स्वतन्त्र सञ्चालकको रुपमा श्री मृगेन्द्र प्रधानलाई नियुक्त गरेको छ ।
साथै स्मार्ट क्यूआर, मोबाइल बैंकिङ सेवा तथा अन्तर बैंक रकमान्तर सेवा पनि प्रदान गर्दै आइरहेको छ । हाल २१ भन्दा बढी बैंक तथा वित्तीय संस्था तथा १०० भन्दा बढी सहकारी संस्थाहरुले एससीटी मार्फत विभिन्न डिजीटल भुत्तानीका सेवाहरु लिइरहेका छन् ।