ओरो ट्राभल्स एण्ड टुर्स प्रालिको औपचारिक कारोबार शुभारम्भ
![479414067_1160898105617245_837010792041461314_n 479414067_1160898105617245_837010792041461314_n](https://www.arthikpati.com/wp-content/uploads/2025/02/479414067_1160898105617245_837010792041461314_n-1024x1024-1280x1280.jpg)
काठमाडौं । ओरो ट्राभल्स एण्ड टुर्स प्रालीले आफ्नो काठमाडौं कार्यालयबाट कारोबार शुभारम्भ गरेको छ ।
विदेशबाट नेपालतर्फ आउने पर्यटक तथा नेपालबाट विदेशतर्फ जाने पर्यटक, विद्यार्थी, श्रमकर्मी लगायत सबै पेशा व्यवसायका सेवाग्राहीलाई अत्यन्त विश्वसनीय र सुरक्षित यात्रा अनुभव उपलब्ध गराउने कम्पनीले जानकारी दिएको छ ।
नारायण सुवेदीले यस संस्थामा कार्यकारी अध्यक्षको रूपमा कार्यारम्भ गरेका छन् । २ दशकसम्म शिक्षण, बैंकिङ क्षेत्रमा रहेको अनुभव र लायन्स क्लब लगायतका परोपकारी क्षेत्रमा उनको संलग्नता रहेको छ ।
संस्थाले विश्वभर रहेका उत्कृष्ट र विश्वसनीय संस्थासँगको सहकार्यमा विश्वका सबै स्थानमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकीय होटल, हवाई टिकट, भिसा सेवा सहजिकरण, यात्रा बीमा, विश्वभर गाडी बुकिङलगायतका सेवा दिने बताइएको छ । साथै विश्वभरका कर्पोरेट क्षेत्रलाई विशिष्टीकृत सेवा दिने उद्देश्यले नेपालको अनुभवी पर्यटनकर्मी, बैंकर, सूचना प्रविधि विज्ञलगायत समूहको संलग्नतामा संस्थाको स्थापना गरिएको कार्यकारी अध्यक्ष सुवेदील जानकारी दिए ।