शिखर इन्सुरेन्सको नाफा सामान्य बढ्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा शिखर इन्सुरेन्सको खुद नाफा सामान्य बढेको छ । यसअवधिमा नाफा २.४८ प्रतिशतले बढेर २५ करोड ७३ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा कम्पनीले २५ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यता, खुद बिमा शुल्क आर्जन भने १५.६३ प्रतिशतले बढेर ६३ करोड ७६ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा शिखरले ५५ करोड १४ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।
पुस मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी २ अर्ब ६५ करोड ४९ लाख ४७ हजार रुपैयाँ छ । यसको रिटेन्ड अर्निङमा ४० करोड रुपैयाँ रहेको छ । पुस मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी पनि सामान्य अर्थात् ४७ पैसाले बढेर १९ रुपैयाँ ३९ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ २१२ रुपैयाँ ११ पैसा छ ।