कांग्रेस र एमाले एक अर्काकाे सहयात्री मात्र हाेईन प्रतिस्पर्धि पनि हुन : प्रदिप ज्ञवाली
प्रेमचन्द्र झा
राैतहट।नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले नेपाली काग्रेस र नेकपा एमाले सतासाझेदार मात्र हाेईन एक अर्काेकाे प्रतिस्पर्धि समेत रहेकाे कुरा बताएका छन।
नेकपा एमाले जिल्ला कमिटी राैतहटको आयोजनामा “तीन महिने वडा वा जरा केन्द्रीत अभियान” सम्बन्धी अभिमुखीकरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा बाेल्दै उपमहासचिव ज्ञवालीले काग्रेस – एमालेको सहकार्यले आयाराम गयाराको निन्द हराम भएको बताए । काग्रेससंगको हाम्रो सहकार्यले प्रचन्डको जादुई नम्बर ३२जना सांसद भएको पाट्रीको प्रधानमन्त्री हुने सिष्टम फेल भएको नेता ज्ञावलीले बताए । सता सहकार्यसगै देशमा स्थिर सरकार आएको छ ।
आया राम गया रामको काम छैन ।पुजिगत खर्च बढेको छ । आयात निर्यातमा सुधार भएका छन । सरकार आएपछी सत्य निरुपण तथा मेलमिलाप आयोग सर्वसहमतिले पारीत भएका छन । सास छ न लास छ पिडित परिवार वेहालको अवस्था थियाे । अब उनि न्याय पाउने भएका छन ।
भारत र चिन दुबैका पक्षधर न बिरोधि हो हामी नेपाल पक्षधर हाै । नेपालको विकास दुबै संग मिलेर हुन्छ । स्थायी कमिटी सदस्य तथा संगठन बिभाग प्रमुख काशीनाथ अधिकारी,स्थायी कमिटी सदस्य तथा मधेस प्रदेश कमिटी इन्चार्ज । लीलानाथ श्रेष्ठ,केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज अजय कुमार गुप्ता , मधेस प्रदेश कमिटी अध्यक्ष चन्देश्वर मण्डल सहितका वक्ताले संगठनलाई सदृढ गरेर आगाडी बढाउनु पर्ने कुरामा जाेड दिएका थिए । सो अवसरमा केन्द्रीय रेखा झा, उधव रेग्मी र कुन्दन कुशवाहा,मधेस प्रदेस का सचिव आरती भण्डारी सहितका नेतावहरुको उपस्थिति रहेको थियो ।
नेकपा (एमाले) जिल्ला कमिटी,सर्लाही अध्यक्ष सचितानन्द साहकाे अध्यक्षतामा तुलसीलाल स्मृति सभा भवन गरुडामा भएको कार्यक्रममा जिल्लाका सवै वडा, नगर क्षेत्र र जिल्ला स्तरीय करिब ५ सय कार्यकर्ताको सहभागिता रहेको थियो।