‘बेलियो मिट एण्ड ग्रिट एक्स्पो’मा प्रविधि प्रेमीहरूको घुँइचो, ५० प्रतिशतसम्म छुट
![Clipboard01 Clipboard01](https://www.arthikpati.com/wp-content/uploads/2025/02/Clipboard01-20-1024x520-1024x585.jpg)
काठमाडौं । सागर ग्रुपले आयोजना गरेको ‘बेलियो एक्सपेरियन्स टेक्नोलोजी एण्ड लाइफस्टाइल : मिट एण्ड ग्रिट एक्स्पो–२०२५’ मा नवीनतम प्रविधिमा चासो राख्नेहरूको आर्कषण देखिएको छ ।
आफ्नो ब्रान्ड तथा प्रडक्टहरू प्रयोग, विशेषतालगायत वर्तमान समयमा आएको प्रविधि र बिस्तारबारे जानकारी दिने उद्देश्यले एक्स्पोको आयोजना गरिएको सागर ग्रुपकी उपाध्यक्ष बुद्ध लक्ष्मी मानन्धर जानकारी दिइन् ।
नेपालमा आईटी सम्बन्धी प्रडक्ट बिक्री, वितरण तथा गुणस्तर सेवा दिँदै आएको उक्त ग्रुपले विगत १६ वर्षदेखि ब्रदरका प्रिन्टरहरू बिक्री गर्दै आएको छ । तेस्रो संस्करणको यस एक्स्पोमा ब्रदर तथा कोनिका प्रिन्टर साथै एक्स–ल्याब ल्यापटप पनि राखिएका छन् । यसैगरी, एक्स्पोमा क्यास्परस्की, आईडीपी, माइक्रोप्याक आदि ब्रान्डका सामान पनि उपलब्ध रहेको छ ।
एक्स्पोमा प्रविधिसँग सम्बन्धित धेरै विषयहरू समावेश भएकाले यहाँबाट ग्राहकहरूलाई नयाँ अनुभव प्रदान हुने मानन्धरले बताइन् । ‘एक्स्पोमा हामीले बिक्री गर्दै आएका सामानहरू छन्, यो एक्स्पोले नयाँ र अपडेटेडका साथै नवप्रवर्तन प्रविधिको बारेमा जान्न, बुझ्ने र किन्ने अवसर प्रदान गर्नेछ,’ उनले भनिन् ।
बुधबारसम्म सञ्चालन हुने यो एक्स्पोबाट सामानको खरिदमा विशेष छुटको व्यवस्थापन गरिएको छ । छुटले गर्दा पनि उपभोक्ताको घुइँचो बेलियो एक्स्पोमा देखिएको हो । सागर ग्रुपका अनुसार प्रिन्टरको खरिदमा ५० प्रतिशतसम्म र अन्य सामानको खरिद न्यूनतम २० प्रतिशतसम्म छुट दिइएको छ ।
नेपालमा आईटी सम्बन्धी प्रडक्ट बिक्री, वितरण तथा गुणस्तर सेवा सागर ग्रुपले दिँदै आएको छ । विगत १६ वर्षदेखि ब्रदरका प्रिन्टरहरू बिक्री गर्दै यस ग्रुपले एक्स्पोबाट ब्रदर टोनर बक्स सिरिजअन्तर्गत ६ वटा मोडलका प्रिन्टरको सार्वजनिक गरेको छ ।
तेस्रो संस्करणको यस एक्स्पोमा ब्रदर तथा कोनिका प्रिन्टर, एक्स–ल्याब ल्यापटप, क्यास्परस्की, आईडीपी, माइक्रोप्याक आदि ब्रान्डका सामान राखिएका छन् । एक्स्पोमा प्रविधिसँग सम्बन्धित धेरै विषयहरू समावेश भएकाले यहाँबाट ग्राहकहरूले नयाँ अनुभव लिनसक्ने छन् ।
साना तथा ठूला व्यवसाय र व्यक्तिगत प्रयोगकर्ताहरूको आवश्यकता पूरा गर्नका लागि निकै उपयोगी ब्रदर प्रिन्टर बजारमा निकै लोकप्रिय छन् । यी प्रिन्टरहरूको उपयोगितालाई लिएर विशेषज्ञहरूद्वारा प्रशिक्षणसमेत गरिराखिएको छ ।
वन कभर प्रालिका सीईओ चिरञ्जीवी अधिकारीले सागर ग्रुपको यो कामलाई प्रशंसा गर्दै भने, “सागर ग्रुपको ग्राहक केन्द्रित दृष्टिकोण वास्तवमै प्रशंसनीय छ। म उनीहरूलाई मुनाफाको केही अंश प्रविधि स्टार्टअपहरूलाई सहयोग गर्न र ग्रामीण क्षेत्रका विद्यार्थीहरूका लागि आईसीटी छात्रवृत्ति प्रदान गर्न विनम्र अनुरोध गर्दछु, जसले नवीनता र डिजिटल समावेशीकरणलाई प्रवद्र्धन गर्नेछ।”
एक्स्पो प्रत्येक दिन बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुँदै आएको छ । सागर ग्रुपका अनुसार एक्स्पोमा क्युआर कोड मार्फत नाम दर्ता गरेर निःशुल्क प्रवेश गर्न सकिन्छ । क्युआर कोड प्रणाली मार्फत अनलाइन दर्ता गर्दा एक्स–ल्याब ल्यापटप जित्ने अवसर ल्याइएको छ ।
यो कार्यक्रम प्रविधि, जीवनशैली र नेटवर्किङ अवसरहरू संयोजन हुने प्ल्याटफर्मको रूपमा विकास हुने सागर ग्रुपले जानकारी दिएको छ । यस्तै, मिट एण्ड ग्रिट एक्स्पोको अवसर पारेर सागर ग्रुपले इनेक्स क्यामेरा पनि लन्च गरेको छ । विश्व बजारमा निकै लोकप्रिय उक्त क्यामेराका तीन वटा मोडल लन्च भएको हो ।
ब्रदर र कोनिका ब्रान्डका यी प्रिन्टर एक्स्पोमा
सागर ग्रुपले एक्स्पोमा ब्रदर र कोनिका ब्रान्डका विभिन्न मोडलका प्रिन्टर एक्स्पोमा राखेको छ । ब्रदर टोनर बक्स सिरिजअन्तर्गत ब्रदर डीसीपी–बी७६२०डीडब्लू ३–इन–१ लेजर प्रिन्टर–मोनो, ब्रदर डीसीपी–बी७६४०डीडब्लू ३–इन–१ लेजर प्रिन्टर–मोनो र ब्रदर एमएफसी–बी७८१०डीडब्लू लेजर एमएफसी प्रिन्टर–मोनो मोडलका प्रिन्टर रहेका छन् ।
यस्तै, उक्त सिरिजमै ब्रदर एचएल–बी२१००डी लेजर प्रिन्टर–मोनो, ब्रदर एचएल–बी२१५०डब्लू लेजर प्रिन्टर–मोनो र ब्रदर एचएल–बी२१८०बीडब्लू लेजर प्रिन्टर–मोनो मोडलको प्रिन्टर रहेको छ । फरक–फरक क्षमताका उच्च गुणस्तरयुक्त यी प्रिन्टरहरू आधुनिक फिचरले सुसज्जित छन् ।
यसैगरी कोनिका ब्रान्डका कोनिका मिनोल्टा बीएच–सी२२६आई कलर फोटोकपीर मेसिन, कोनिका मिनोल्टा बीएच–३०६आई बी÷डब्लू फोटोकपीर मेसिन र कोनिका मिनोल्टा बीएच–२२५आई बी÷डब्लू फोटोकपीर मेसिन मोडलका प्रिन्टर एक्स्पोमा रहेकोे छ । अनलाइन सुविधाको लागि बेलियो डट कममार्फत् पनि यी प्रडक्टहरू खरिद गर्नका साथै बुझ्न सकिने सागर ग्रुपले जनकारी दिएको छ ।