सर्वोत्तम सिमेन्टको नाफा ६८९ प्रतिशत बढ्यो
![profit_line profit_line](https://www.arthikpati.com/wp-content/uploads/2025/02/profit_line-3-1024x585.jpg)
काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २४ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको तुलनामा ६८९.२४ प्रतिशतले धेरै हो । गत वर्ष यसैअवधिमा कम्पनीले ३ करोड ५ लाख नाफा कमाएको थियो ।
सञ्चालन आम्दानी २ अर्ब ९२ करोड ९४ लाखबाट बढेर ३ अर्ब ९८ करोड २२ लाख रुपैयाँ पुगेको छ । यता, वित्तीय खर्च २२ करोड ९६ लाखबाट घटेर १५ करोड ६२ लाख रुपैयाँ कायम भएको छ । आम्दानी बढ्दा र वित्तीय खर्च घट्दा नाफा बढेको हो ।
४ अर्ब ९७ करोड ५५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको अदर इक्विटीमा ३ अर्ब ९७ करोड जम्मा छ । इपीएस ९.७ रुपैयाँ रहेको छ । प्रतिसेयर नेटवर्थ १८६.६६ रुपैयाँ छ ।