एसियन लाइफ इन्सुरेन्सको नाफामा ५६.५५ प्रतिशत बढ्यो
![Asianlife Insurance Asianlife Insurance](https://www.arthikpati.com/wp-content/uploads/2025/02/Asianlife-Insurance-1024x585.jpg)
काठमाडौं । एसियन लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । यसअवधिमा इन्सुरेन्सको खुद नाफा ५६.५५ प्रतिशतले बढेर २५ करोड ३ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यसले १५ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिमा इन्सुरेन्सको खुद बिमाशुल्क १५.५३ प्रतिशत र कुल आम्दानी ८.९२ प्रतिशतले बढेको छ । यता, कम्पनीको कर्जा तथा लगानी भने ५.६५ प्रतितशले घटेको छ । यसको जिवन बिमाकोष ४२ अर्ब ९९ करोड रुपैयाँबाट बढेर ४५ अर्ब २९ करोड रुपैयाँ कायम भएको छ ।
यसअवधिमा कम्पनीको नाफासँगै प्रतिसेयर आदानी पनि बढेको छ । गत वर्ष ९ रुपैयाँ ४१ पैसा रहेको यसको प्रतिसेयर आम्दानी अहिले बढेर १४ रुपैयाँ ७२ पैसा कायम भएको । यसको प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ २३ पैसा रहेको छ ।
हाल यसको चुक्ता पुँजी ३ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । कम्पनीको रिटेन्ड अर्निङमा ५६ करोड ३७ लाख रुपैयाँ र अन्य इक्विटीमा ७ करोड ५९ लाख रुपैयाँ रहेको छ ।